रुकुमपूर्व । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जित सुनिश्चित देखिएको छ।
जिल्लामा कुल ३४ हजार ७७२ मतदाता रहेका छन्। तीमध्ये १९ हजार १८८ मत खसेको थियो। हालसम्म १५ हजार ८२३ मत गणना हुँदा प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्। त्यसै गरी, एमालेका लीलामणि गौतमले ३ हजार १७ मत, नेपाली काँग्रेसकी सुकुसदेवी थापा ले २ हजार ४७७ मत र रास्वपाका लखन थापा ले ७१२ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारतर्फ राप्रपाका रोशन शाह ले ७३, जनमोर्चाका चन्द्रविक्रम शाही ले २९, प्रलोपाका सन्दीप पुन ले १८६, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योति रोका ले ५४, नेशनल रिपब्लिकका धर्मकुमार बुढा ले ४८, नेकपा माओवादीका जुद्धबहादुर बुढा ले ४० र जसपाका सिरबहादुर बुढा ले ५ मत प्राप्त गरेका छन्।
अब प्रत्यक्षतर्फ ३ हजार ३६५ मत मात्र गणना हुन बाँकी रहेको छ। हालको मतान्तरका आधारमा प्रचण्डको जित लगभग सुनिश्चित देखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’