रुकुम पुर्व । रुकुम पुर्व मा भुमे गाउँपालिकाको ४ वटा वडाको मत गणना सकिएको छ । भुमेको १, २, ३ र ४ नम्बर वडाको २ हजार ६३५ मत गणना गर्दा नेकपाका संयोजक एवं उम्मेदवार पुष्प कमल दाहाल प्रचण्डले १ हजार ४ सय १५ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४ सय ३१, नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले ४ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले जानकारी दिएका छन् ।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार लखन कुमार थापाले १ सय ७६, प्रगतिशील लोकतान्त्रिक पार्टिका उम्मेदवार सन्दिप पुनले ३५, राप्रपाका उम्मेदवार रोशन शाहले ७, नेसनल मंगल अर्गनाइजेसन पार्टिका उम्मेदवारले ४५ मत प्राप्त गरेका छन् । जम्मा ८६ मत बदर भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’