काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च)को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।
आज एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले महिलाहरू समाज परिवर्तनका निर्णायक शक्ति रहेको बताएका छन्। उनले इतिहासका विभिन्न कालखण्डमा महिलाहरूले देखाएको अदम्य साहस, त्याग र बलिदानीपूर्ण संघर्षकै परिणामस्वरुप आजका महत्वपूर्ण अधिकारहरू प्राप्त हुन सकेको उल्लेख गरेका छन्।
सन्देशमा प्रचण्डले व्यवहारिक जीवनमा अझै पनि महिलामाथि असमानता र हिंसा पूर्ण रूपमा अन्त्य नभएको औंल्याएका छन्। उनले भनेका छन्, 'स्वतन्त्रता र अधिकारका नाममा बजारवादी पूँजीवादी संरचनाले महिलामाथि नयाँ–नयाँ रूपका शोषण र असमानता पनि सिर्जना गरिरहेको यथार्थ हाम्रो सामु छ।'
संयोजक प्रचण्डले अबका प्रयासहरू सबैखाले शोषण र विभेदको अन्त्य गर्दै महिलालाई साँचो अर्थमा अनुभूतिको तहसम्म समानता स्थापित गर्नमा केन्द्रित हुनुपर्ने बताएका छन्। संविधानमा प्राप्त अधिकारहरूको रक्षा गर्दै जनसङ्ख्याको अनुपातअनुसार राज्यका सबै तह र संरचनामा महिलाको समानुपातिक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने दिशामा दृढताका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
उनले समानता, सम्मान र सामाजिक न्यायमा आधारित समाज निर्माणको ऐतिहासिक अभियानमा जुट्न सबैलाई आह्वान समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ फागुन २०८२, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’