काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ ।
छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् । दाहाल निवास खुमलटारमा तीन नेताको बीचमा पछिल्लो छलफल भएको बताइएको छ । नेपाल र गौतम दाहाललाई भेट्न खुमलटार पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दाहाल सचिवालयले जनाएको छ ।
नेकपाको पछिल्लो सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय कार्यान्वयन गर्ने, पार्टी एकताका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको बताइको छ ।
गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने पार्टी निर्णयविरुद्ध नै नेताहरु लागेपछि यो विषयमा अब के गर्ने छलफल समेत भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०१ चैत्र २०७६, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड–नेपालद्वारा स्वागत
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा