काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ ।
छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् । दाहाल निवास खुमलटारमा तीन नेताको बीचमा पछिल्लो छलफल भएको बताइएको छ । नेपाल र गौतम दाहाललाई भेट्न खुमलटार पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दाहाल सचिवालयले जनाएको छ ।
नेकपाको पछिल्लो सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय कार्यान्वयन गर्ने, पार्टी एकताका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको बताइको छ ।
गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने पार्टी निर्णयविरुद्ध नै नेताहरु लागेपछि यो विषयमा अब के गर्ने छलफल समेत भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०१ चैत्र २०७६, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ