काठमाडौं । पार्टी महाधिवेशनको सरगर्मी बढ्दै जाँदा कांग्रेसभित्र तेस्रो धारको नेतृत्वमा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने आफ्नै समूहभित्रको चेपुवामा परेका छन् ।
पार्टीको केन्द्रीय विभाग गठन गर्ने निर्णयमा सभापति शेरबहादुर देउवालाई मौन समर्थन दिएपछि उनलाई साथ दिँदै आएका युवा नेताद्वय गगन थापा र प्रदीप पौडेल असन्तुष्ट मात्रै छैनन्, क्याम्प छाड्नेसम्मको चेतावनी दिन थालेका छन् । आजको कान्तिपुर दैनिक लेख्छन्–उता उनकै समूहका केन्द्रीय कार्यसमितिका सदस्यद्वय उमाकान्त चौधरी र शिव हुमागाईं तथा पूर्वमन्त्री भीमसेनदास प्रधान भने वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति निकट हुन नदिने रणनीतिमा छन् ।
उनीहरू सकभर देउवातिर मिलाउने, नसके तेस्रो धारलाई नै निरन्तरता दिइनुपर्ने पक्षमा छन् । पार्टीभित्र तेस्रो शक्तिको भूमिकामा सिटौलालाई टिकाइराख्ने मुख्य जगका रूपमा युवा नेता थापा छन् । उनीपछि सिटौलालाई भरथेग गर्ने प्रदीप पौडेल नै हुन् ।
‘यी दुवै युवा नेतालाई गुमाएर सिटौला न देउवातिर जान सक्छन्, न त अन्य सदस्यलाई देउवातिर जान दिन्छन्,’ सिटौला निकट स्रोत भन्छ, ‘आफ्नै समूहलाई निरन्तरता दिएर सबैलाई एकैठाउँमा राख्ने रणनीति अझै उनमा देखिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै