काठमाडौं । पार्टी महाधिवेशनको सरगर्मी बढ्दै जाँदा कांग्रेसभित्र तेस्रो धारको नेतृत्वमा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने आफ्नै समूहभित्रको चेपुवामा परेका छन् ।
पार्टीको केन्द्रीय विभाग गठन गर्ने निर्णयमा सभापति शेरबहादुर देउवालाई मौन समर्थन दिएपछि उनलाई साथ दिँदै आएका युवा नेताद्वय गगन थापा र प्रदीप पौडेल असन्तुष्ट मात्रै छैनन्, क्याम्प छाड्नेसम्मको चेतावनी दिन थालेका छन् । आजको कान्तिपुर दैनिक लेख्छन्–उता उनकै समूहका केन्द्रीय कार्यसमितिका सदस्यद्वय उमाकान्त चौधरी र शिव हुमागाईं तथा पूर्वमन्त्री भीमसेनदास प्रधान भने वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति निकट हुन नदिने रणनीतिमा छन् ।
उनीहरू सकभर देउवातिर मिलाउने, नसके तेस्रो धारलाई नै निरन्तरता दिइनुपर्ने पक्षमा छन् । पार्टीभित्र तेस्रो शक्तिको भूमिकामा सिटौलालाई टिकाइराख्ने मुख्य जगका रूपमा युवा नेता थापा छन् । उनीपछि सिटौलालाई भरथेग गर्ने प्रदीप पौडेल नै हुन् ।
‘यी दुवै युवा नेतालाई गुमाएर सिटौला न देउवातिर जान सक्छन्, न त अन्य सदस्यलाई देउवातिर जान दिन्छन्,’ सिटौला निकट स्रोत भन्छ, ‘आफ्नै समूहलाई निरन्तरता दिएर सबैलाई एकैठाउँमा राख्ने रणनीति अझै उनमा देखिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता