काठमाडौं । आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टासमेत गर्न भ्याए । स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि नै चिकित्सकसँग ठट्टा गर्दै आफू रोगसँग सहज किसिमले सामना गर्न सक्षम रहने बताउँदै आएका छन् ।
बेडबाट उठेर यताउता हिँड्न थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य परीक्षण गर्न आएका चिकित्सकसँग अब आफ्नो आयु १५ वर्ष थपिएको भन्दै ठट्टा गरे । उपचारमा संलग्न एक चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सोचेभन्दा बढी सुधार हुँदै गएको बताए ।
उनले आफूलाई अझै १५–२० वर्ष केही नहुने भनेपछि चिकित्सकहरू मुस्कुराएका थिए । प्रधानमन्त्री ओलीले चिकित्सकसँग ठट्टाका क्रममा आफ्ना बावु मोहनप्रसाद ओलीलाई स्मरण गरेका थिए । ‘मिर्गौलाले काम गर्न थाल्यो अब मलाई १५–२० वर्ष केही हुँदैन’ ओलीले ठट्यौली शैलीमा चिकित्सकसँग भने ‘मेरा बा अहिले ९० वर्ष हुनुभयो अब म पनि त्यति नै वर्षसम्म बाँच्छु होला हैन ?’ प्रधानमन्त्री ओली हाल ६८ वर्षका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २४ फागुन २०७६, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली