काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विभिन्न सरकारी निकायका फरक–फरक सूचनाले नागरिक त्रसित बनेको भन्दै कोरोनाका सम्बन्धमा सरकारले एउटै प्लेटफर्मबाट सूचना प्रवाह गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेको कामको अनुमगन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने प्रस्ताव समेत उनको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा कोरोनाविरुद्ध राष्ट्रिय संकल्प साथ अगाडि बढ्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्दै सांसद थापाले अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि भविष्यका लागि सतर्कता अपनाउनुपर्ने बताएका हुन् ।
‘कोरोना संक्रमणको बारेमा फरक–फरक कुरा आएको छ । सरकारले सभा सम्मेलन नगर्ने कुरा गरेको छ, स्कूल बन्द गर्ने प्रस्ताव पनि संसद्मा उठेको छ । नागरिकलाई सूचित गर्ने एउटै फोरम होस्, नागरिकहरू सचेत भन्दापनि त्रसित भइरहेका छन्,’ थापाले भने, ‘सरकारले एउटै प्लेटफर्ममार्फत मात्र बोल्नुपर्यो । स्वास्थ्य मन्त्रालयले मात्र बोल्ने र सबै सञ्चार माध्यमले त्यसैलाई फलो गर्नुपर्यो ।’
कोरोनाप्रभावित मुलुकबाट १ हजार ३ सय ७८ जानले नेपाल प्रवेश गरेका भएपनि उनीहरू कहाँ छन् भन्ने ट्र्याकिङ सरकारसँग नहुँदा जोखिम पहिचान गर्न नसकिएको उनको भनाइ छ ।
‘कुन देशबाट आउने नागरिकलाई पूर्ण रोक्ने हो, कुन देशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने हो र कुन देशबाट आएकालाई ट्र्याकिङमा राख्ने हो यो निर्णय गरौं,’ उनले भने, ‘नेपालबाट बिदेसिनेको पनि एउटै मापदण्ड बनाऔं । श्रम मन्त्रालयले एउटा कुरा गरेको छ, सांसदहरू जापान गइरहनुभएको छ, यसो नगरौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०७६, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा
‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता
‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा
पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो : गगन थापा
गगन थापाले भने– सबैलाई मिलाएर लैजान्छु
क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगर्न गगन थापाको चेतावनी