काठमाडौं । सर्वोच्च अदालतले विशेष महाधिवेशन र नयाँ नेतृत्वको कांग्रेसलाई मान्यता दिनेगरी गरेको फैसलाको सभापति गगन थापाले स्वागत गरेका छन् ।
सर्वोच्च अदालतको आदेशलगत्तै उनले यस्तो बताएका छन् । “सर्वोच्च अदालतको आदेशलाई हामी सबैले स्वीकार गर्नुपर्छ,” थापाले भने, “सर्वोच्चको फैसलापछि पार्टीको जिम्मेवारीबोध गरेर हामी सबै अघि बढ्नुपर्छ ।”
उनले सबैलाई समेटेर लैजान खोज्दा पनि अदालतमा मुद्दा विचाराधीन रहेको भन्ने साथीहरुलाई पनि अब समेटेर लैजाने बताए ।
“अदालतमा मुद्दा विचाराधीन रहेका कारणले पनि केही समस्या भएको थियो,” उनले भने, “अब मैले सबैलाई समेटेर अघि बढ्नुपर्छ । समेटेर लैजान्छु । यो मेरो जिम्मेवारी पनि हो । पार्टीलाई एकताबद्ध बनाएर लैजान्छु ।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ बैशाख २०८३, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड