काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रियामा कुनै प्रकारको अवरोध नगर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन्।
उनले उक्त कार्यमा सहभागी नहुनेहरू स्वतः पार्टी सदस्य नरहने व्यवस्था विधानमै रहेको स्पष्ट पारेका छन्।
मंगलबार काठमाडौँ महानगरपालिका-३० स्थित वडा पार्टी कार्यालयमा पुगेर सदस्यता अद्यावधिकका लागि निवेदन पेश गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र चलिरहेको प्रक्रियालाई लक्षित गरी गलत बुझाइ र अवरोध सिर्जना नगर्न निर्देशनात्मक आग्रह गरेका हुन्।
सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य विधानअनुसारको नियमित प्रक्रिया भएकाले सबै नेता तथा कार्यकर्तालाई आ-आफ्नो वडा कार्यालयमार्फत सक्रिय हुन निर्देशन दिएका छन्। उनले निर्धारित मितिभित्र प्रक्रिया सम्पन्न गर्न सबैलाई सहभागी हुन आग्रहसमेत गरेका छन्।
उनका अनुसार पार्टीको आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यलाई लिएर अनावश्यक हल्ला र भ्रम फैलाउने गतिविधि नगर्नु आवश्यक छ। सदस्यता अद्यावधिक नगर्ने निर्णय गर्ने व्यक्ति पार्टीको क्रियाशील सदस्यतामा कायम नरहने विधानको प्रावधान रहेको उनले दोहोर्याएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ बैशाख २०८३, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड