कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् ।
हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।
आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेका र घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र सुन्दरडाँडाका प्रहरी पुगेको जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
माओवादीको केन्द्रीय कार्यालयमा आगजनी
संसद भवनमा आगजनी
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी