काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको छ । गएराति महाराजगन्ज र नैकापमा अज्ञात समूहले गाडीमा आगजनी गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नैकापस्थित सिप्रदी ट्रेडिङको कार्यालय नजिकै बा २८ ३६ नम्बरको टोयोटा कार र महाराजगन्जस्थित राजधानी पेट्रोल पम्प नजिकै बा ७ च १४०१ नम्बरको मारुती भ्यानमा आगजनी भएको हो ।
प्रहरीले दुवै घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको पर्चा फेला परेको जनाएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यकोनिर्वाचन बिथोल्ने उद्देश्यले सक्रिय समूहले उक्त आगजनी गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगजनीबाट दुवै सवारी साधनमा क्षति पुगेको छ । घटनामा संलग्नको खोजीका लागि प्रहरीले अपरेसन सुरु गरेको छ । काठमाडौँ प्रहरीले सीसीटीभी फुटेजको अध्ययन भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ फागुन २०८२, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाल सुधारगृहमा झडप र आगजनी
चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
माओवादीको केन्द्रीय कार्यालयमा आगजनी
संसद भवनमा आगजनी
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी