चितवन । जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने २८ जना पक्राउ परेका छन् ।
फोटो र भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेका मध्ये १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने १६ जनालाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको एसपी गोविन्द पुरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये केही यसअघि विभिन्न अपराध संलग्न भएकोसमेत पाइएको छ । पक्राउ गरेकामध्ये सात जना व्यक्ति पहिले नै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरेका व्यक्ति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०८२, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
जेनजी आन्दोलनमा सञ्चार क्षेत्रमा करिब ७८ करोड क्षति, पत्रकारका ३८ निजी सवारी साधन जले, सरकारलाई राहत प्याकेज दिन आग्रह
जेनजी आन्दोलनका घाइतेहरुकाे वर्गीकरण सम्बन्धि कार्यविधि तयार
यस्ता छन् प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेका ५ बुँदे माग
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
बानेश्वरमा भदौं २३ मा यसरी चलेको थियो गोली....