काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. प्रेम ज्ञवाली र प्रा.डा. उत्तमकुमार शर्माको नेतृत्वमा बुधबार साढे चार घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो ।
प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षा संग्रौला दुवैको स्वास्थ्य सन्तोषजनक रहेको अस्पतालले जनाएको छ । साँझ ओलीलाई होस आएको छ । शल्यक्रिया गरेका डा. ज्ञवालीले भने, ‘होसमा त साँझ (बुधबार) नै आउनुभएको हो । तर, हामीले आराम होस् भनेर निद्रा लाग्ने औषधि दिएका छौँ ।
कुराकानी गर्नुपरेमा राम्रोसँग गर्न सक्ने अवस्थामा हुनुहुन्छ । हामीले कस्तो छ भनेर सोध्यौँ, उहाँले ठीक छ भन्नुभयो । अरू थप कुरा आज नै गर्न उचित भएन । त्यसैले हामीले आराम गर्न दिएका छौँ ।’नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी