काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नोवल कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ ।
सो पार्टीमा महासचिव विष्णुप्रसाद पौडेलले आज सर्कुलर जारी गरी पूर्वनिर्धारित ठूला भेला तथा जनसभा हाललाई स्थगित गरिएको जानकारी गराउनुभएको छ । पार्टी तथा जनवर्गीय सङ्गठनका सबै तहका कमिटीका बैठक आयोजना गर्ने भने रोकाबट गरिएको छैन । पार्टीका सङ्गठित सदस्य र साधारण सदस्यको सदस्यता नवीकरणसम्बन्धी कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउन उहाँले निर्देशन दिनुभएको छ ।
सर्कुलरमा पार्टी जिल्ला कमिटीले कोरोना भाइरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा जानकारीमूलक पर्चा तयार गर्ने र आफ्नो जिल्लाका प्रत्येक घर र व्यक्तिसमक्ष पु¥याउन भनिएको छ । सबै तहका पार्टी कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवा र स्थानीय सञ्चारमाध्यमसँग समन्वय गरी कोरोना भाइसरबाट बच्ने उपायका सम्बन्धमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न पार्टीले सर्कुलरमा उल्लेख गरेको छ ।
सदस्यता शुल्क निर्धारण
यसैगरी पार्टीले सदस्यता शुल्क तोकेको छ । यही फागुन १८ गते भएको केन्द्रीय सचिवालय बैठकले २०७५ जेठ महिनादेखि लागू हुने गरी सङ्गठित सदस्यता शुल्क मासिक रु २५ र साधारण शुल्क मासिक रु १० कायम गरिएको महासचिव पौडेलद्वारा जारी सर्कुलरमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ फागुन २०७६, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपाले राजेन्द्र श्रेष्ठलाई पार्टीमा भित्राउँदै गर्दा घनश्यामले भित्राउनेछन् चन्ददेव जोशीलाई