काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नोवल कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ ।
सो पार्टीमा महासचिव विष्णुप्रसाद पौडेलले आज सर्कुलर जारी गरी पूर्वनिर्धारित ठूला भेला तथा जनसभा हाललाई स्थगित गरिएको जानकारी गराउनुभएको छ । पार्टी तथा जनवर्गीय सङ्गठनका सबै तहका कमिटीका बैठक आयोजना गर्ने भने रोकाबट गरिएको छैन । पार्टीका सङ्गठित सदस्य र साधारण सदस्यको सदस्यता नवीकरणसम्बन्धी कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउन उहाँले निर्देशन दिनुभएको छ ।
सर्कुलरमा पार्टी जिल्ला कमिटीले कोरोना भाइरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा जानकारीमूलक पर्चा तयार गर्ने र आफ्नो जिल्लाका प्रत्येक घर र व्यक्तिसमक्ष पु¥याउन भनिएको छ । सबै तहका पार्टी कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवा र स्थानीय सञ्चारमाध्यमसँग समन्वय गरी कोरोना भाइसरबाट बच्ने उपायका सम्बन्धमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न पार्टीले सर्कुलरमा उल्लेख गरेको छ ।
सदस्यता शुल्क निर्धारण
यसैगरी पार्टीले सदस्यता शुल्क तोकेको छ । यही फागुन १८ गते भएको केन्द्रीय सचिवालय बैठकले २०७५ जेठ महिनादेखि लागू हुने गरी सङ्गठित सदस्यता शुल्क मासिक रु २५ र साधारण शुल्क मासिक रु १० कायम गरिएको महासचिव पौडेलद्वारा जारी सर्कुलरमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ फागुन २०७६, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
नियमावलीले प्रधानमन्त्रीलाई पनि संसद्प्रति जवाफदेही बनाउनुपर्छ: नेकपा
संसदमा सरकारका कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने नेकपाको निर्णय
नेकपाले सार्वजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका