काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार राष्ट्रिय सभामा बोल्दै सामाजिक तथा आर्थिक रुपान्तरण र विकासका लागि सहमति र सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।
गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित श्रेष्ठले बुधबार नै शपथ लिएपछि राष्ट्रियसभामा बोलेका थिए । शपथ कार्यक्रमपछि राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले आफूहरु भ्रष्ट हुनबाट जोगिनु पर्ने बताए ।
आफूहरुमा विचलन आएको स्वीकार्दै श्रेष्ठले भने,‘सत्ताको चरित्र थोरै निरंकुश हुने गर्छ। हामीले त्यसबाट बच्नुपर्छ। हामी सत्तामा छौं तर त्यस प्रकारको कुराबाट जोगिनुपर्छ। हामी भ्रष्टीकरणको प्रक्रियाबाट जोगिनुपर्यो। हामी सुविधा र स्रोत साधनको पछि लाग्यौं भने हुँदैन।’
प्रतिपक्षीले रचनात्मक सचेत गराउनुपर्नेमा उनले जोड दिए। उनले भने, ‘होइन भने प्रतिपक्षी विरोधवादमा फस्छ। हामीले राजनीतिक प्रणालीमा त परिवर्तन गर्यौं तर हामीले आफ्नो दृष्टिकोणमा, अभ्यासमा परिवर्तन गर्न सकेनौं। त्यो भएन भने राजनीतिक प्रणालीमा समस्या आउन सक्छ।’
लिम्पियाधुरालगायतको सबै भाग फिर्ताका लागि सबै शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए। लोकतन्त्रको अभ्यासमा एकता कायम गर्न आवश्यक रहेको दाबी गर्दै उनले भने,‘ठूलो संघर्ष गरेर लोकतन्त्र स्थापित भएको छ। हाम्रो आफ्नै मोडलको लोकतन्त्र हो। सामाजिक आर्थिक रुपान्तरण र विकासका लागि सहमति र सहकार्य गरेर जानुपर्छ। आर्थिक विकास भएन भने दुर्भाग्य हुनेछ। यसले लोकतन्त्रमाथि प्रश्न उठाउन सक्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०७६, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध