ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०८२, ०९ : २१
ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आइतबार मात्रै अदालतमा पेश गर्ने भएको छ ।

शनिबार बिहान पक्राउ परेका ओली र लेखकलाई आज अदालत बन्द हुने भएकाले आइतबार अदालत पेश गर्ने तयारी गरिएको हो । ओली र लेखकलाई पक्राउ गरि प्रहरीले काठमाडौं प्रहरी परिसरमा राखेको छ ।

बालेन्दद्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नुअघि ओलीलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी थमाइएको थियो ।