काठमाडौं । काँग्रेसको महाधिवशेन अर्काे साल गर्ने गरी कार्यतालिका सार्वजनिक भईसकेको छ । सभापति शेरबहादुर देउवा आफै यसपटक फेरि सभापति उठने आन्तरिक तयारीमा जुटेका छन् । कोइराला र पौडेल पक्षबाट सर्वसम्मत एक जना नेतालाई सभापति उम्मेदवार बनाउने भन्दै नेताहरुको कोसिस जारी छ ।
आफुलाई तेश्रो धारको नेता बताउने कृष्णप्रसाद सिटौलाले कसलाई साथ दिन्छन् या के गर्लान् ? काँग्रेसभित्र यो पनि बहसकै विषय छ । जे होस्, काँग्रेसभित्र भित्री रुपमा आन्तरिक महाधिवशेनको तयारी शुरु भएको छ । आफु अनुकुल योजना बनाउने काम नेताहरुले थालिसकेका छन् । दुई टिम हुन्छन की तिन टिम ? यो खुलिसकेको छैन ।
सबैभन्दा बढी टिम ब्यवस्थापन कोइराला पौडेल पक्षमा देखिएको छ । यो टिममा सभापतिका आकाँक्षी नै धेरै छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल देखि प्रकाशमान सिंह, शेखर कोइराला, डा. शसांक कोइराला सम्मले सभापति दाबी गरिरहेका छन् । आफु सरहकै नेताहरुले सभापति दाबी गर्न थालेपछि नुवाकोटे दुई भाई अर्जुननरसिंह् केसी र डा रामशरण महतले पनि हामी पनि सभापतिका आकाँक्षी भन्न थालेका छन् । तर रामचन्द्र, डा. शसांक र शेखर मध्येबाट एक जनामा मिलाउने प्रयास यो समुहभित्र छ ।
सिटौला पक्षलाई भने आफु तिर तान्ने प्रयासमा दबै पक्ष देखिएका छन् । धेरैले फेरि पछिल्लो चरण सिटौला देउवातिर ढल्किएकोले उनको टिमले देउवातिर साँठगाँठ मिलाउन सक्ने आकंलन गरिरहेका छन् । सिटौलाले भने गृहजिल्ला झापा पुगेर आफुहरुको छुट्टै टिम महाधिवशेनमा आउने बताएका छन् ।
भातृ संस्थाहरुको अधिवेशन सकिएलगत्तै आफुले आफ्नो टिम निर्माण गर्ने तयारीमा रहेको सिटौलाले गृहजिल्लामा पुगेर बताएका थिए । सिटौलाले भातृ संस्थामा अहिले आफ्ना मान्छे ब्यवस्थापन पौडेल पक्षसँग मिल्दा हुन्छ की देउवा पक्षसँग मिल्दा हुन्छ, त्यही अनुसार ब्यवस्थापन गरिरहेका छन् ।
दुवै पक्षको बीचमा रहेर उनले आफ्नो समुहका नेता कार्यकर्ता ब्यवस्थापनलाई मुख्य रणनीतिक योजना बनाएका छन् ।
उनी यसबाट कति फाइदा हुन्छन, त्यसको लेखाजोखा गरेर आउने महाधिवशेनमा आफ्नो छुटटै टिम निर्माण गर्ने या कोहीसँग मिलेर जाने भन्ने निक्र्याैलमा पुग्ने रणनीतिक योजनामा रहेको उनी निकट एक नेताले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र देखिएको मतभेद संवादमार्फत समाधान गर्न प्रवक्ता चालिसेको सुझाव
समानान्तर गतिविधिले कांग्रेस संकटमा : गगन पक्ष कारवाही मोडमा
सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल
देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कार्यसम्पादन सन्तोषजनक नभए समानुपातिक सांसदलाई काँग्रेसले फिर्ता बोलाउने
ओली र लेखक पक्राउ पर्दा कांग्रेसमा विज्ञप्तिको जात्रा