काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका बेला पार्टीभित्र एकता हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले विगतका हरेक सङ्कटमा कांग्रेस एकताबद्ध रहेको स्मरण गराएका छन् ।
“एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्यो र सफलता पनि हासिल गर्यो,” उनले फेसबुकमा लेखेका छन्, “अहिले पनि एकतामै बल छ ।”
उनले वर्तमान प्रतिकूलतामा छिन्नभिन्न भएर नबस्न नेता-कार्यकर्तालाई आग्रह गर्दै एकजुट हुन दोहोर्याएका छन् । उनले अगाडि लेखेका छन्, “म नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई अनुरोध गर्छु- एकतामा नै शक्ति छ र यसैको बलमा हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०८२, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता