काठमाडौं । प्रधानमन्त्री केपी ओली दोश्रो पटक मृगौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुदैछन् । स्वदेशमै उनले मृगौला प्रत्यारोपण गर्न लागेका हुन् । उनको उपचार स्वदेशी चिकित्सकले गर्छन् की विदेशवाट पनि चिकित्सकहरु निम्त्यााईएको छ ? यो विषयमा आम सर्वसाधारणलाई प्रधानमन्त्रीको निजी सचिवालय देखि अस्पताल सम्मले केही बताएका छैनन् । तर उनको उपचारमा विदेशी चिकित्सकलाई पनि नेपालभित्रै निम्त्याएर उपचार हुदैंछ ।
पहिलो पटक मृगौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक डा. अनन्तकुमार पनि प्रधानमन्त्रीको मृगौला पूनः प्रत्यारोपणमा सामेल हुने उच्च स्रोतले जनाएको छ । ओलीले १३ वर्ष अघि दिल्लीको अपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएका थिए । त्यसबेला चर्चित मृगौला प्रत्यारोपणका चिकित्सक अनन्तले नै उनको मृगौला प्रत्यारोपण गरेका थिए ।
उनी हिजै नेपाल आईसकेको स्रोतले बताएको छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा भारतीय चिकित्सकसहितको नेपाली टोलीले प्रधानमन्त्री ओलीसँग बालुवाटारमै पुगेर छलफल गर्दैछ । त्यसपछि उनी दिउँसो अस्पताल भर्ना हुन जाने तयारी छ । पर्सि बुधबार उनको मृगौला पून प्रत्यारोपण गरिदैछ । त्यसका लागि ३१ वर्षिय झापाका एक महिला आफन्तलाई तयारी अवस्थामा राखिएको छ ।
ओलीको मृगौला प्रत्यारोपणका लागि नेपाली चिकित्सकको टोलीमा डा. प्रेम ज्ञवालीको नेतृत्वको टोली पनि हुनेछन् । प्रधानमन्त्रीको निजि चिकित्सक डा दिब्या सिंह, डा अरुण सायमी लगायत पनि टोलीमा सहभागी हुनेछन् । तर यसबारे सम्बन्धित अस्पतालका चिकित्सकहरु र प्रधानमन्त्री ओलीको सचिवालयले केही बताएको छैन् । ]
उनको उपचार अमेरिकामा गर्ने तयारी यस अगाडी गरिएको थियो । तर लामो समय प्लेनमा बस्नुपर्ने, देशभित्रको राजनीतिक उथलपुथल र कोरोना भाइरसले विश्व आक्रान्त बन्दै जादा हुन सक्ने संक्रमणको जोखिमलाई ध्यान दिएर ओलीको स्वदेशभित्रै उपचारको प्रबन्ध मिलाईएको उनका सचिवालय स्रोतले बताएको छ ।
त्यसका लागि बाहिरवाट चिकित्सक नेपाल ल्याउने र नेपालमै गर्ने गरि तयारी भएको हो । अहिले बिहान हुन लागेको भारतीय चिकित्सक अनन्त सहितको छलफल पछि ओलीको अस्पताल भर्नाको समय टुंगो लाग्ने सचिवालय स्रोतले बताएको छ । उनको अस्पताल भर्नाका लागि सबै बन्दोबस्ती अस्पतालले मिलाईसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले दिए राजीनामा
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्रीको कुर्सीमा टास्सिरहने केपी ओलीको हठ जनतालाई स्वीकार छैन
जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा
थाईको प्रधानमन्त्रीमा चार्नविराकुल निर्वाचित
प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै