कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलगअलग कोठामा फेला परेको छ । धनादेवीको शव भान्सा कोठामा र जयलालको शव सयन कक्षमा फेला परेको उहाँले बताउनुभयो ।
जयलालको घाँटीमा र धनाको टाउकोमा चोट लागेको छ । शव शङ्कास्पद अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ । शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ । क्यान्सरका कारण पहिलो श्रीमतीको मृत्यु भएपछि धनादेवीसँग जयलालले दोस्रो विवाह गरेका थिए । उनीहरुको छ महिनाकी छोरी रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ फागुन २०७६, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या