कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलगअलग कोठामा फेला परेको छ । धनादेवीको शव भान्सा कोठामा र जयलालको शव सयन कक्षमा फेला परेको उहाँले बताउनुभयो ।
जयलालको घाँटीमा र धनाको टाउकोमा चोट लागेको छ । शव शङ्कास्पद अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ । शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ । क्यान्सरका कारण पहिलो श्रीमतीको मृत्यु भएपछि धनादेवीसँग जयलालले दोस्रो विवाह गरेका थिए । उनीहरुको छ महिनाकी छोरी रहेकी छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ फागुन २०७६, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
दिल्लीमा युवतीको गोली हानी हत्या
देवरद्वारा भाउजूको हत्या
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा