आफ्नै निकट नेताहरुबाट प्रधानमन्त्री ओलीलाई दबाब : ‘अडान छाड्नुस’

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०७६, १० : ५१
आफ्नै निकट नेताहरुबाट प्रधानमन्त्री ओलीलाई दबाब : ‘अडान छाड्नुस’

file photo

काठमाडौं । प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई राष्ट्रिय सभा लैजाने पार्टी सचिवालयको निर्णय दुई घण्टा नबित्दै किन नमान्ने चेतावनी दिए ? आखिर त्यही सचिवालय बैठकको समापन आफैले गरेको र त्यही बैठकमा उनीसहित सचिवालयका ९ जना सदस्यलेनै गरेको निर्णयमा ओली किन पछि हटे ? अहिले नेकपाभित्र चर्चाको विषय छ ।

कतिपयले राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सचिवालयको निर्णय नमान्ने र उल्लंघन गर्ने चेतावनी दिन आग्रह गरेपछि ओलीले निर्णयबाट पछि हट्न खोजेको पनि बताउन थालिरहेका छन् । सूदुरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले नेकपा सचिवालयले वामदेवलाई राष्ट्रिय सभामा युवराज खतिवडाको स्थानमा लैजाने निर्णय गरेको र राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने सिट संख्या बढाएर ९ पु¥याउने र राष्ट्रपतिलाई संकटकालिन अधिकारको ब्यवस्था दिने गरी ओलीको प्रस्तावमा संविधान संसोधनका विषय पनि सचिवालयले टारेको थियो ।

त्योसंगै राष्ट्रपति भण्डारीले ओलीलाई सचिवालय निर्णय मान्न बाध्य नहुने भन्दै खतिवडालाई नै दोहो¥याउने गरी अगाडी बढ्न टेलिफोनमा सन्देश दिएपछि ओली पार्टी निर्णयमा पछि हटेको चर्चा पनि नेकपाभित्र छ । तर यो कुराको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन् । ओलीले वरिष्ठ नेता माधव नेपाललाई बोलाएर सचिवालय निर्णय नमान्ने बताएसँगै नेकपाभित्र भने उथलपुथल हुन थालेको छ ।
ओलीको त्यस्तो अडानबाट अहिले उनकै समुहका नेताहरु आश्र्चयचकित परेका छन् ।

ओलीले वामदेव निर्शत राष्ट्रिय सभामा जान तयार हुनुभित्र अर्थमन्त्री युवराज खतिवडालाई हटाउने खेलमा केही ब्यापारीहरुले चलखेल गरेको र त्यससँग गौतमसम्मको संग्लनता आफुले भेटेको ब्रिफिङ आफु निकट नेताहरुसँग गरेका थिए । तर उनले जे बताएपनि त्यसको यथेष्ट प्रमाण केही देखिदैन् । ओलीले आवेगमा गरेको त्यस्तो निर्णय पछि उनकै समुहकाले उत्तेजित बनाउन खोज्ने बाहेक अन्य नेताहरुले भने संयम अपनाउन आग्रह गरेका छन् ।

ओलीलाई उनकै समुहका कतिपय नेताहरुले अहिलेलाई पार्टी निर्णय नै मानेर जान सुझाएका छन् । बुधबारको सचिवालयले सर्वसम्मत रुपमा उपाध्यक्ष गौतमलाई खतिवडाको स्थानमा राष्ट्रिय सभामा मनोनित गर्नका लागि सरकारका तर्फबाट सिफारिस गर्न सुझाव दिने निर्णय लिएको थियो । ओलीले त्यसलाई चुनौति दिने हुंकार छेडेपनि उनी पार्टी निर्णयबाट धेरै पछि जान सक्ने अवस्थामा भने छैनन् । नेताहरुले पनि उनलाई अहिले पार्टी निर्णय मान्न दबाब बढाउन थालेका छन् ।

बुधबार बेलुकीबाटै उनलाई उनी निकटस्थ नेताहरुले अहिले निर्णय स्वीकार गरेर जान आग्रह गरिरहेका छन् । ओली दुई दिन यही अडानमा चुपचाप बस्ने र त्यसपछि भने अन्ततः पार्टीकै निर्णयमा आउने सम्भावना रहेको उनी निकट एक नेताले बताए । प्रधानमन्त्री अहिले धेरै ढाटा जानुहुन्न, केही दिन तरंग सिर्जना गरिरहेपनि उहाँ अन्तत पार्टी निर्णय नै मानेर जान बाध्य हुनुहुन्छ, त्यसरी नै जानुपनि हुन्छ, उनी निकट एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस