सरकार ढल्ने भन्दै किन रोइलो गर्दैछन् प्रधानमन्त्री ओली ?

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०७६, ११ : १३
सरकार ढल्ने भन्दै किन रोइलो गर्दैछन् प्रधानमन्त्री ओली ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढल्ने भन्दै गलत हल्ला फैलाएर हिँड्न थालेका छन् । करिब दुई तिहाईको जनमत प्राप्त सरकारलाई कस्ले ढाल्ने योजना बनायो भन्ने बारेमा उनले स्पष्टसँग केही बताउन भने सकेका छैनन् ।

उनले पछिल्ला दिनहरु सरकार ढल्न लागेको भन्दै रोइलो गर्दै हिड्न थालेका छन् । पहिलो पटक केही दिन पहिले झापामा आयोजित एक कार्यक्रममा उनले सरकार ढाल्ने षड्यन्त्र भएको सार्वजनिक कार्यक्रममा उदघोष गरेका थिए । यस्तै गएको बुधबार निर्वाचन आयोगको कार्यक्रममा समेत स्पष्ट रुपमा नै बुझिने गरी सरकार ढाल्ने खेलोमेलो भएको गुनासो गरे ।

सरकार ढाल्ने विषयमा उनले बताउदैं आएपनिे  कसले त्यो षड्यन्त्र गरे भन्ने बारेमा केही बताउन सकेका छैनन् । यद्यपी सरकार ढाल्न चलखेल भइरहेकोमा आपत्ति जनाउदैं आएका छन् । ओलीको निकट रहेका र ओलीको नाम लिएर खेलो फड्को चलाइरहेकाहरुलाई सरकार ढल्ने चिन्ताले सबैभन्दा बढी सताएको छ ।

त्यसरी मरिहत्ते गर्नेमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल रहेका छन् । यस्तै परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा पूर्वमाओवादीसँग सिंगौरी खेल्ने सूर्य थापा ।  यिनिहरुलाई सबैभन्दा प्रधानमन्त्रीको भनाईले सबै भन्दा बढी पिरोलेको छ छ ।

सरकारको काम गर्ने शैली असाध्यै तन्नम रहेको छ । कामको नाममा ‘वरको सिनको पर नसार्ने’, केवल कमाऊ धन्दा मात्रै चलाउने स्वभावका विष्णु रिमाललाई सरकार ढल्ने चिन्ताले सताएको छ । यस्तै वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईलाई पनि लौ सरकार त जाने भयो, अब खेलो फड्को गर्न नपाइने भयो भन्ने चिन्ताले सताएको छ । 

भट्टराईले सरकार ढाल्ने षड्यन्त्र भइरहेको विषयमा अनुसन्धान जारी रहेको र पार्टी भित्रै त्यस्तो खेल भएको भन्दै तर्क गरेर बसेका छन् । उनले सरकारबाट बाहिर रहेका तत्वहरू वा क–कसको स्वार्थ मिलेको छ भन्दै पार्टी भित्रका ओली विरोधी तत्व लागिपरेको कुतर्क गर्न थालेका छन् ।

जनताको पक्षमा सिन्को समेत नभाँच्ने पदमा मात्रै बस्नुपर्छ भन्ने मान्यता राख्नेहरुलाई पदबाट हटिने भयो भनेर सबैभन्दा बढी चिन्ताले सताएको छ । उनीहरु जसरी भएपनि आफूहरु नै पदमा बस्नुपर्छ भन्दै रोइलो समेत गरेका छन् । सरकार ढाल्न यी यी ले चलखेल गरे भनेर खुला भन्न नसक्ने तर षड्यन्त्र भयो भन्दै रोइलो गरेर बस्नुको कुनै अर्थ नभएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

यता सरकार ढल्ने चिन्तामा रहेका उनीहरु सुचना तथा संचार मन्त्री गोकुल बाँस्कोटा ७० करोड कमिसनको चक्करमा परेर सरकारबाट बाहिरिएपछि झनै चिन्तित बनेका छन् । प्रधानमन्त्री ओलीको आशिर्वादसंगै अकुत सम्पत्ती जोड्न लागिपरेका बाँस्कोटाको कर्तुतले पनि यो सरकार ढल्ने हो कि भन्ने आशंका सर्वसाधारणमाझ पनि व्यापक फैलिएको छ ।