वैकल्पिक शक्ति समाजवादी पार्टी : पूर्वप्रधानमन्त्री भट्टराई

रासस

शनिबार, १० फागुन २०७६, १९ : ३२
वैकल्पिक शक्ति समाजवादी पार्टी : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काँग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उहाँले बताउनुभयो ।  उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्धिजीवीहरु आफ्नो पार्टीमा आउनु उपयुक्त हुने डा भट्टराईको भनाइ थियो । पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत आज पर्वतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा भट्टराईले नेकपा नै ओरालो बाटो लागेका कारण अबको वैकल्पिक शक्ति समाजवादी पार्टी भएको जिकिर गर्नुभयो ।  

डा भट्टराईले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन भनेर प्रतिबद्धता गर्ने तर दिनप्रतिदिन सरकारका गलत समाचार आइरहेको बताउँदै सरकारले विश्वास गुमाउँदै गएको आरोप लगाउनुभयो । सरकारले समृद्धि भइरहेको जिकिर गरेर गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उहाँले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो । 

प्रतिक्रिया दिनुहोस