काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित वर्तमान सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजनालाई पुनः अघि बढाउन गरेको पहललाई सकारात्मक भन्दै स्वागत गरेका छन् ।
लामो समयको अन्योल र आशंकापछि आयोजनाले गति लिन लागेकोमा खुसी व्यक्त गर्दै डा. भट्टराईले यसलाई १२०० मेगावाट विद्युत उत्पादन गर्ने साधनका रूपमा मात्र नभई देशको बहुआयामिक आर्थिक रूपान्तरणको 'गेम चेन्जर' परियोजनाका रूपमा बुझ्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले भनेका छन्, 'देशको मध्यभागमा र काठमाडौँ, पोखरा तथा भरतपुर जस्ता ठूला सहरहरूको बीचमा रहेको यो परियोजनालाई केवल विद्युत आयोजना मात्र मान्नु हुँदैन । यसले औद्योगिक अर्थतन्त्रतर्फ फड्को मार्न मद्दत गर्नेछ ।' उनले अमेरिकाको टेनेसी भ्याली र चीनको थ्री गर्जेज ड्याम जस्तै यसलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
डा. भट्टराईले यो आयोजनालाई नेपाल विद्युत प्राधिकरण मातहतको एउटा सामान्य 'कम्पनी' मार्फत नभई छुट्टै ऐनद्वारा गठित अधिकारसम्पन्न 'बुढीगण्डकी जलाधार विकास प्राधिकरण' मार्फत अघि बढाउन सुझाव दिएका छन् । 'अन्यथा यो पुनः हात्ती आयो, हात्ती आयो फुस्सा हुनसक्छ,' उनको भनाइ छ।
फेवाताल भन्दा १५ गुणा ठूलो बन्ने तालको बहुआयामिक उपयोग, नयाँ सहरी वस्ती, चक्रपथ, पर्यटन र उद्योगहरूको विकासले नेपालको आर्थिक-सामाजिक रूपान्तरणमा अतुलनीय योगदान पुग्ने उनको दाबी छ ।
वर्तमान सरकारमा प्रधानमन्त्री स्वयम् इन्जिनियर हुनुका साथै सोही क्षेत्रका जनप्रतिनिधिहरू अर्थमन्त्री र सभामुखको जिम्मेवारीमा रहेकाले विगतका गल्ती सच्याएर आयोजनालाई सफल बनाउने यो सुवर्ण अवसर भएको डा. भट्टराईले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ बैशाख २०८३, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईलाई पितृशोक