काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत भ्रमणमा जाने भएका छन्। भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुन उनी भारत जान लागेका हुन्।
भ्रमणमा उनीसँगै पूर्वमन्त्री एवं नेतृ हिसिला यमि पनि सहभागी हुनेछिन्। डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसर पारेर वैशाख १ गते आयोजना हुने यो व्याख्यानलाई बौद्धिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।
विगत ११ वर्षदेखि चल्दै आएको यो प्रतिष्ठित कार्यक्रममा यसअघि भारतका उच्च पदस्थ व्यक्तित्व र विश्वप्रसिद्ध विद्वानहरूले सम्बोधन गरिसकेका छन्। ग्वालियरमा रहँदा भट्टराईले त्यहाँका विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताहरूसँग समसामयिक विषयमा अन्तरक्रिया समेत गर्ने कार्यतालिका छ।
ग्वालियरको कार्यक्रम सकिएलगत्तै डा. भट्टराई नयाँ दिल्ली प्रस्थान गर्नेछन्। वैशाख २ गते उनले साउथ एसियन युनिभर्सिटी (साउ) को सामाजिक विज्ञान संकायद्वारा आयोजित इन्टरडिसिप्लिनरी कन्भर्सेसनमा मुख्य सम्बोधन गर्नेछन्।
‘नयाँ राजनीति मार्फत नेपालको समृद्धिको मार्ग’ शीर्षकमा हुने उक्त संवादमा उनले नेपालको बदलिएको राजनीति र दक्षिण एसियाली समृद्धिका सम्भावनाबारे आफ्ना धारणा राख्नेछन्।
दुवै कार्यक्रम सकेर भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्किने उनका स्वकीय सचिव रेखी गुरुङले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०८२, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईलाई पितृशोक
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
चुनाव लड्दिनँ भनेका बाबुरामले फेरि किन रोजे गोरखा क्षेत्र नम्बर २ ?