काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा ऐतिहासिक पुस्तान्तरणसहित बनेको नयाँ सरकार र नेतृत्वसँग जनताको निकै ठुलो अपेक्षा रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले गाउँको कुनाबाट नियाल्दा पनि जनतामा नयाँ सरकारप्रति ठुलो भरोसा र आशा देखिएको उल्लेख गरेका हुन्।
उनले नयाँ सरकारका सम्बन्धित सबै पक्षलाई जनअपेक्षा बुझ्न र त्यसतर्फ ध्यान पुर्याउन आग्रह गरेका छन्। भट्टराईले वर्तमान नेतृत्वलाई महान् वैज्ञानिक न्युटनको चर्चित भनाइ स्मरण गराउँदै दूरदृष्टि राख्न सुझाव दिएका छन्।
उनले न्युटनको भनाइ उद्धृत गर्दै लेखेका छन् ‘मैले परसम्म देख्न सक्छु किनकि म महामानवहरूको काँधमा चढेको छु।’ उनले मुल नेतृत्वले यो भनाइलाई निरन्तर स्मरण गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ बैशाख २०८३, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...