काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले केपी ओली नेतृत्वको सरकार देशको लागि अभिशाप भएको बताएका छन्। शुक्रबार एक विज्ञप्ति जारी विप्लवले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न लागेको उल्लेख छ।
‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरंगित भएको छ’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ।’
विप्लव यो प्रकरणमा ओलीकै संलग्नता रहेको आशंका गरेका छन्। ठूलो आकारको जहाजकाण्ड आदीमा प्रधानमन्त्री ओलीकै संलग्नता रहेको जारी विज्ञप्तिमा उल्लेख छ। ओली सरकार राष्ट्रघात, जनघात र फाँसिवादमा चुर्लुम्म डुबेको उल्लेख गरिएको छ। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० फागुन २०७६, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातामै दुई प्रभावशाली नेतामाथि विप्लवको कारबाही
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश