पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार

देशभक्तहरुको बृहत मोर्चा र नयाँ राष्ट्रिय एकताको आह्रवान

सफल खबर संवाददाता

विहीबार, ०७ फागुन २०८२, १० : ३३
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले पूर्व राजा ज्ञानेन्द्र शाहसँग सहकार्य गर्न तयार रहेको संकेत गरेको छ । देशमा पश्चिमा शक्तिहरुको हस्तक्षेप बढेर गएको र त्यसका लागि देशभक्तहरुको बृहत मोर्चा बनाएर नयाँ राष्ट्रिय एकता कायम गर्नुपर्ने प्रस्ताव अगाडी सारेको छ । 

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशमा विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको र अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्थामा सबैले गम्भीर भएर सोच्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । त्यक्तिमात्रै होइन, पूर्वराजा ज्ञानेन्द्रले फागुन २१ मा हुन लागेको चुनावले मात्र समस्याको समाधान ननिकाल्ने भन्दै समस्या समाधानका लागि सबैले गम्भिर आत्मसमिक्षा पहिले गर्नुपर्ने प्रस्ताव अगाडी सारेका थिए । 

त्यसलगत्तै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)का एक प्रभावशाली नेताले त्यसलाई सकारात्मक मान्दै देशभक्तहरुको बृहत मोर्चा र नयाँ राष्ट्रिय एकताको आह्रवान गरेका हुन् । यसले संकेत गर्छ विप्लवको पार्टी पूर्व राजासँग सहकार्य गर्न तयार देखिएको छ । 

विल्लव पार्टीका प्रभावशाली नेता भरत बमले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यस्तो प्रस्ताव अगाडी सारेका हुन् । उनले विप्लवसँगको छलफलका आधारमा त्यस्तो प्रस्ताव सार्वजनिक गरेको उक्त पार्टीका नेताहरुको भनाई छ । देशभित्र बैदेशिक हस्तक्षेप खासगरी अमेरिकी हस्तक्षेप बढेर गएको र पूर्व राजा एमसीसी सम्झौता परिमार्जनको पक्षमा भ एमोर्चा र सहकार्यको सम्भाबना रहेको धारणा सार्वजनिक गरेका हुन् । ‘वैदेशिक (अमेरिकी) हस्तक्षेप बढेर गएको विशेष परिस्थितिमा देशभक्तहरुको बृहत मोर्चा र नयाँ राष्ट्रिय एकता कायम गर्न आवश्यक छ । ’ भरत बमले सार्वजनिक गरेको धारणामा उनले दुई बुँदे प्रस्ताव अगाडी सारेका छन् । 

‘पूर्व राजा ज्ञानेन्द्र शाहको हिजोको सम्बोधन सकारात्मक छ, ऊनी एमसीसी सम्झौता परिमार्जनको पक्षमा भए संयुक्त मोर्चा र सहकार्य गर्न तयार हुनुपर्छ ।’ उनले भनेका छन्,‘धर्मेन्द्र बास्तोला, ॠषि कट्टेलको साथ दुर्गा पर्साईको पनि रिहाइको माग गर्नुपर्छ यदि त्यसो गरिएन भने बृहत मोर्चा बन्ने छैन ।’

पूर्व राजासँग सहकार्य गर्ने प्रस्ताव र दुर्गा प्रसाईसम्मको रिहाईको माग विप्लवका पार्टीको प्रभावशाली नेताले नै अगाडी सारेपछि विप्लवको पार्टी नयाँ मोर्चाका लागि तयार देखिएको प्रष्ट संकेत मिलेको छ । 

विप्लवको पार्टी पनि यो पटक फागुन २१ को चुनावमा सहभागी छ । सुरुमा महासचिव विप्लवसहितका नेताहरु नै चुनावमा जाने तयारी गरेपनि अन्तिममा विप्लव पछि हटेर उनका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा लगायत नेताहरु भने चुनावमा सहभागी छन् । 

‘देशमा बढ्दो विदेशी हस्तक्षेपले मुलुक गम्भिर अवस्थामा पुगेकोले अव नयाा शिराबाट सोच्नुपर्छ भनन्े पार्टी धारणा हो, त्यही अनुसार भरत बलमे धारणा सार्वजनिक गर्नुभएको हो,’ विप्लव माओवादीका अर्का एक नेताले सफलखबरसँग भने, ‘पार्टीमा छलफल भए अनुसार नै उहाँले धारणा सार्वजनिक गर्नुभएको हो ।’

प्रतिक्रिया दिनुहोस