काठमाडौँ । संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएका कारण आज प्रतिनिधि सभा बैठकमा हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन रोकिएको छ । आजको बैठक उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ ।
सांसद उपाध्यायको निधन कांग्रेसले संसद सचिवालय र सभामुख अग्नि सापकोटालाई जानकारी गराएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको जानकारी गराएकी हुन् ।
बहालवाला सांसदको निधन भएकाले शुक्रबार २ बजेका लागि बोलाएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने संसद सचिवालयले जनाएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। सरकारको २ वर्ष पुगेको अवसरमा उनले यसबीच भए गरेका कामको बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो। बैठक स्थगित हुनेभएपछि प्रधानमन्त्रीले संवोधन अर्को बैठकमा हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०७६, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी