काठमाडौँ। जेन जेड रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनाले प्रहरीले आफूलाई जबरजस्ती पक्राउ गरेको आरोप लगाएकी छन्।
उनका अनुसार, मिडियासँग अन्तर्वार्ताका लागि बोलाएर अनामनगरबाट सादा पोसाकमा खटिएको प्रहरीले गाडीमा हाली भद्रकाली प्रहरी परिसर पुर्याएको थियो।
पक्राउको कारणबारे उनले भनेकी छन् कि नेपालमा ‘फ्री तिब्बत’ नारा लगाउने भिडियो बनाएपछि छिमेकी देशसँगको सम्बन्धमा कूटनीतिक असर पर्न सक्ने भन्दै यसरी कारबाही गरिएको हो।
स्मृति तिमल्सिनाले यस प्रकारको भिडिओ निर्माण गर्दा गृह मन्त्रालय र सरकारबाट अनुमति लिनुपर्ने नियम उल्लेख गर्दै त्यसको प्रक्रिया कागजमा व्यवस्थित गरिएको बताइन्। उनले बिहान १० बजे पक्राउ गरी दिउँसो २ बजे छाडिएको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०८२, १९ : ०५
लेखकबाट थप