जेन जेड विद्रोहले उठाएका मुद्दा निष्कर्षमा पुर्‍याउन आफ्नो पार्टी प्रतिबद्धता रहेको काँग्रेस नेता आङ्देम्बेको दाबी

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०८२, १६ : ३१
जेन जेड विद्रोहले उठाएका मुद्दा निष्कर्षमा पुर्‍याउन आफ्नो पार्टी प्रतिबद्धता रहेको काँग्रेस नेता आङ्देम्बेको दाबी

काठमाडौँ। नेपाली काँग्रेसका सांसद भीष्मराज आङ्देम्बेले जेन जेड विद्रोहले उठाएका मुद्दा निष्कर्षमा पुर्‍याउने आफ्नो पार्टी प्रतिबद्धता व्यक्त गरेका छन्।

आङ्देम्बेले जिम्मेवार प्रतिपक्षको रूपमा परिवर्तनलाई समर्थन गर्ने र आवश्यक चेतावनी दिन तयार रहेको जानकारी गराएका छन्। उनले विशेष महाधिवेशनमार्फत विभिन्न दृष्टिकोणलाई आत्मसात् गर्दै निर्णय पारित भएको स्मरण पनि गराएका छन्।

उनका अनुसार, पार्टीले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेर समय र समाज अनुसारको रूपान्तरणको प्रक्रिया अघि बढाइसकेको छ।

प्रतिक्रिया दिनुहोस