काठमाडौं। स्वतन्त्र सांसद महावीर पुनलेले संसदमा आफ्नो भुमिका सतापक्ष र प्रतिपक्षभन्दा पनि निष्पक्ष हुने बताउनुभएको छ ।
बिहीवार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू सांसद हुनै नपर्ने मान्छे सांसद भएर आएको पनि बताउनु भयो । उहाँले सासंदमा आफू अरु सांसद भन्दा फरक रहेको बताउनु भयो । बोल्ने शैली, काम गर्ने तरिका सबै अरुको भन्दा आफ्नो पृथक रहेको उहाँको भनाई छ । उहाँले आफू कहिल्यै सांसद हुने कल्पना नगरेपनि जेन–जी आन्दोलनपछि शिक्षामन्त्री हुँदा केही अध्यादेश ल्याउन खोजेको तर ल्याउन नसकेपछि निर्वाचनमा उम्मेद्वार बनेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म एउटा अचम्मको सांसदको रुपमा यहाँ आएको छु । किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ । काम गर्ने तरिका पनि फरक छ, सबै कुरा फरक छ । म प्रायः सबैसँग मिल्दिन । म आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगे भनेर भन्न चाहन्छु । म अमेरिका पढेर २०४९ साल भदौमा आएको, अहिलेसम्म ३३ वर्षभन्दा बढी काटिसक्यो, एउटा झोला बोकेर पूर्णकालिन समाजवेशीको रुपमा काम गरिरहेको छ । म राजनिति गर्ने राजनितिज्ञ होईन । म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु । सदनमा मेरो भुमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ । समाजसेवी भएको हुनाले मलाई प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार हुने कुनै रहर थिएन, मैले सोचेको पनि थिएन ।’
उहाँले भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि किताब बेचिरहेको मान्छे मन्त्री बनेको बताउनु भयो । शिक्षामन्त्री बनेपछि शिक्षा क्षेत्रमा भएका अनेकौँ समस्याहरु, चरम राजनीतिकरण र विकृति देखेकोले त्यसलाई सुधार गर्नको लागी प्रयास गरेको उहाँको भनाई छ । विद्यालय, कलेज र विश्वविधालयहरुमा शैक्षिक वातावरण बनाउन ३ वटा विधेयकको मस्यौदा र चार वटा नियमावली बनाएर तयार पारिएको उहाँले जानकारी दिनुभयो । तत्कालिन सरकारले अध्यादेश ल्याउन नमिलेको कारण रोकिएको र ती अध्यादेश तथा नियमावली प्रधानमन्त्री कार्यलयमा आफूले बुझाएको पनि जानकारी दिनुभयो । उहाँले शिक्षा क्षेत्रको सुधारको लागि आफूले तयार पारेको विधेयकहरु ल्याउन सरकारलाई सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०८२, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत : महावीर पुन
राजनीतिको ‘सिस्टम’ बदल्न महावीर पुनको सिंहदरबार यात्रा
म्याग्दीबाट महावीर पुन २२ हजार बढी मतले निर्वाचित
म्याग्दीमा महावीर पुनलाई गन्न बाँकी मतभन्दा बढी मतान्तरको अग्रता
म्याग्दीमा महावीर पुनलाई दोब्बरभन्दा बढी मतको अग्रता