काठमाडौं । काठमाडौंको कलंकी अण्डरपासमा बुधबार मध्यराति दुई जनाको मृत्यु हुने गरी मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खुडोलमा भेटिएको छ । ज्यान गुमाउनेमा रौतहटका हटहरिया गाउँपालिका-४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया-७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले दुर्घटनामा बा ४ ख ८५६९ नम्बरको टिपर संलग्न रहेको र उक्त टिपरलाई फेला पारिएको जानकारी दिए ।
चारवटा टिपर एकसाथ आएकोमा ओभरटेक गर्ने क्रममा बा४ख ८५६९ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको बोगटीको भनाइ छ । उक्त टिपर रामेछापका अरुण खड्काको स्वामित्वमा रहेको र खड्का सम्पर्कमा आइसकेको उनले जनाए । टिपरका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सीसी टीभी फुटेज र र्याडम चेकजाँचका क्रममा ट्रक फेला परेको बोगटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन