पोखरा । कास्की प्रहरीले स्वीप अपरेसन चलाएको छ । बुधबार राती भएको अपरेसनका क्रममा एकै रात १ सय २२ भन्दा बढी पक्राउ परेका छन् । शान्ति सुरक्षा कायम गर्न र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले आफ्ना मातहतका विभिन्न युनिटहरूसँग समन्वय गरी अपरेसन चलाएको सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।
उनका अनुसार पोखराका विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा सबैभन्दा बढी बैदाम क्षेत्रबाट ३९ जना छन् । यस्तै, रामबजारबाट २२ जना, बगरबाट १२ जना, सिसुवा क्षेत्रबाट ३८ जना र पृथ्वीचोक आसपासका क्षेत्रबाट ११ जना पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये अधिकांश लागुऔषध (गाँजा) सेवनमा संलग्न रहेको भेटिएको छ । ८२ जना गाँजा सेवन गरिरहेको अवस्थामा भेटिएका थिए । यसबाहेक सार्वजनिक स्थलमा होहल्ला गर्ने, सर्वसाधारणलाई बाधा पुर्याउने, शान्ति खलल पार्ने र जथाभाबी मोटरसाइकल चलाएर ध्वनि प्रदूषण गर्नेहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूलाई सम्झाइबुझाई गरेर परिवारको जिम्मा लगाइने पाण्डेले बताए । ‘उनीहरूको अवस्था र गतिविधि हेरेर एक पटकका लागि सम्झाई–बुझाई गर्ने भनेका छौँ,’ उनले भने, ‘आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता सहित अभिभावकको जिम्मा लगाउँदै छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० बैशाख २०८३, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ