काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संरक्षक एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मधेस र नेपाल–भारत सीमा क्षेत्रमा व्याप्त अशान्ति र सर्वसाधारणमाथि भइरहेको दुर्व्यवहारप्रति चिन्ता व्यक्त गरेका छन् ।
सीमानाकामा सर्वसाधारणले भोग्नुपरेको सास्ती र राज्यको उदासीनताका आफूहरू ‘विद्रोहको नजिक’ पुगेको चेतावनी समेत उनले दिए ।
“मन्त्रीज्यूहरू मिटिङमा व्यस्त हुनुहुन्छ, हाम्रो कुरा सुन्ने समय उहाँहरूसँग छैन,” उनले भने, “हामी विद्रोही त होइनौँ, तर राज्यको यस्तै व्यवहार रहिरहने हो भने हामी विद्रोहको निकै नजिक छौँ ।”
बुधबार (वैशाख ९) बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले सीमा क्षेत्रका भन्सार र सुरक्षाकर्मीले ‘तजबिजी अधिकार’को दुरुपयोग गरी सर्वसाधारणलाई दुःख दिने गरेको बताए । कानुन स्पष्ट नहुँदा हाकिमहरूको तजबिजी चल्ने र त्यसले भ्रष्टाचार तथा सास्ती बढाएको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० बैशाख २०८३, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर