भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?

सफल खबर संवाददाता

विहीबार, १० बैशाख २०८३, ०९ : ३२
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?

काठमाडौं । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने साहायक विदेशमन्त्री समीर पल कपुर तीन दिने नेपाल भ्रमण सकेर फर्केको एक सातामै अर्का अमेरिकी उच्च अधिकारी नेपाल आउन लागेका छन् ।

नेपालमा रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार बनेपछि अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । चीनसँग सीमा जोडिएको नेपाललाई अमेरिकीहरुले निक्कै महत्व दिईरहेका छन् । खासगरी चिनियाँहरुको अरुचीका बाज्वजुद पनि नेपालमा तिब्बती शरणार्थीहरुको मुद्दालाई प्राथमिकताका साथ अमेरिकीहरुले उठाउँदै आईरहेका छन् । सोही कारण पनि नेपालको नयाँ सरकारको प्राथमिकताका बारेमा सुक्ष्म अध्ययन गर्न अमेरिकीहरुको नेपाल भ्रमण बाक्लो हुन थालेको देखिन्छ ।

कपुर फर्केको एक सातामै नेपाल आउन लागेका ति अमेरिकी अधिकारी भारतका लागि अमेरिकी राजदूत सर्गेइ गोराखोभ्स्की हुन् । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अति निकट मानिन्छन् । सन् २०२५ देखि दक्षिण तथा मध्य एसिया मामिलाका राष्ट्रपति ट्रम्पकै विशेष दूतका रुपमा भारतमा बसेर उनले काम गरिरहेका छन् ।

कपुर फर्केको एक सातामै नेपाल आउन लागेका ति अमेरिकी अधिकारी भारतका लागि अमेरिकी राजदूत सर्गेइ गोराखोभ्स्की हुन् । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अति निकट मानिन्छन् । सन् २०२५ देखि दक्षिण तथा मध्य एसिया मामिलाका राष्ट्रपति ट्रम्पकै विशेष दूतका रुपमा भारतमा बसेर उनले काम गरिरहेका छन् ।

परराष्ट्र मन्त्रालयको एक विश्वस्त सूत्रले दिएको जानकारी अनुसार उनी अप्रिल २८ या २९ का दिन नेपाल आउने छन् । ‘भारतमा रहेका अमेरकी राजदूत सर्गेइ नेपाल भ्रमणमा आउने टुंग्गो लागेको छ । मिति फाइनल भएको छैन’ परराष्ट्र मन्त्रालयको उक्त स्रोतले भन्यो,‘सम्भबत बैशाख १५/१६ (अप्रिल २८ या २९) मा आउने सम्भाबना अधिक छ । नभएपनि ढिलोमा १८ र १९ गतेसम्ममा नेपाल आउने गरी तयारी भएको छ ।’

उनले नेपालमा आउँदा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटघाट गर्ने विषयमा छलफल चलिरहेको छ । यधपी यस बारेमा अहिले नै तय भने भएको छैन । अमेरिकी राष्ट्रपतिसँग अति निकट सम्वन्धमा रहेको र राष्ट्रपति ट्रम्पकै विेशष दूतका रुपमा काम गरिरहेका सर्गेइ भएकोले बालेनले पनि भेट गर्ने सम्भाबना रहेको परराष्ट्र स्रोतको भनाई छ । उनको  हुन लागेको भ्रमणले पनि अमेरिकाले नेपाललाई निक्कै चासोका साथ हेरिरहेको बुझन सकिने कुटनीतिक विश्लेषकहरु बताउँछन् ।

सर्गेइ आफै पनि ट्रम्प रहेको पार्टीमा सक्रिय राजनीति गरेकै ब्यक्ति हुन् । उनले भारतको राजदूत हुनु अगाडी व्हाइट हाउसको राष्ट्रपति कार्यालयको निजि  कार्यालयको निर्देशक भई काम गरेका थिए । जसकाकारण पनि उनलाई ट्रम्पको अति निकट विश्वासपात्रका रुपमा समेत चिनिन्छ । उनी निक्कै आक्रामक शैली भएका अमेरिकी कुटनीतिज्ञका रुपमा पनि चिनिन्छन् ।

अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायकमन्त्री समिर पल कपुर आएलगत्तै ट्रम्पका विशेष दूतका रुपमा समेत चिनिएका सर्गेइको भ्रमणले झन् अमेरिकीहरुको नेपालप्रतिको हेराई बुझन सकिने कुटनीतिक वृतमा चर्चा छ । पहिले पहिले नेपाल आउने उच्च् अमेरिकी अधिकारीहरु तेस्रो मुलुक पाकिस्तान वा भारत भएर मात्रै नेपाल आउने गरेकोमा कपुर सिधै नेपाल आएका थिए ।

यसले अमेरिकाले नेपाललाई आफ्नो ट्राभल एडभाइजरी (भ्रमण सुझाव) लाई लेभल ३ बाट घटाएर लेभल २ मा झारेको प्रष्ट संकेत पनि दिन्छ । त्यस्तो बेला भारतमा रहेका अमेरिकी राजदूतको हुन लागेको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने विश्लेषकहरु बताउँछन् ।