काठमाडौं । काठमाडौंको कलंकी अण्डरपासमा गएराती टिपरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
बल्खुबाट कलंकीतर्फ आउदै गरेको प्रदेश २, ०३–००४ प ५५० नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको नम्बर खुल्न नसकेको टिपरले गएराती पौने १ बजे ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रौतहटको कटहरिया गाँउपालिका ४ का १९ बर्षीय राकेश कुमार चौधरी र पछाडी सवार कटहरिया ७ का २४ बर्षीय मुन्ना चौधरीको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा राती २ बजे मृत्यु भएको हो ।
दुर्घटना लगतै टिपर सहित फरार भएका चालकको खोजी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते