काठमाडौं । ‘म सिक्दैछु, बुझ्दैछु बोल्ने समय आउँछ’ कृषिमन्त्री घनश्याम भुसालले पटकपटक भन्ने वाक्य हो यो ।
मन्त्री नहुँदासम्म उनी सरकारको विरोधमा खरोरुपमा उत्रन्थे । भुसालले जनताको जीवनस्तर उकास्ने समाजवादको बाटोमा अघि बढ्नुपर्ने दुईतिहाई बहुमतप्राप्त क्रान्तिकारीहरुको सरकार दलाल पूँजीवादको चंगुलमा फसेको आरोप पनि लगाएका थिए । तर गत मंसिर ४ गते कृषि तथा पशुपंछी विकास मन्त्री नियुक्त भएपछि मन्त्री भुसाल एकाएक मौन रहेका छन् ।
उनले भन्ने गरेका छन्, ‘म सिक्दैछु, समय आएपछि बोल्छु ।’ तर उनको सिकाइ कहिले पूरा हुने हो, बोल्ने बेला कहिले आउने हो, केही पत्तो छैन ।
मन्त्री हुनुअघि नेकपा स्थायी समिति सदस्यसमेत रहेका भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘स्पिरिट’ बिरुद्व बोल्थे भुसाल । जब मन्त्री पद पाएपछि उनको समाजवादको सिद्धान्त कता हरायो ? सरकारको कडा विरोध गर्ने भुसाल अहिले किन मौन छन् ?
अध्ययनशील, सालीन, समाजवादी चिन्तक, नेकपाभित्रका आशलाग्दा नेता आदि उपमा पाएका भुसाल कृषि मन्त्रालय सम्हालेको झन्डै ३ महिना हुन लाग्यो, तर हालसम्म छेस्को पनि भाँचेका छैनन् । पटकपटक एउटै बोली बोल्छन्, ‘म सिक्दैछु बुझ्दै छु समय आएपछि बोल्छु ।’ उनको समय कहिले आउने हो ?
आम अनुमान विपरीत कृषि मन्त्री बनेपछि भुसाललाई कसैले आफ्ना कटू आलोचकको मुख थुन्न प्रधानमन्त्री ओलीले भुसाललाई मन्त्री बनाएको भने त कतिले भुसालको लोकप्रिय छवि धमिल्याउन कामको नतिजा नदेखिने कृषि मन्त्रालय भिराइएको भने । कतिले चाहिँ जिम्मेवारी लिएर काम देखाउन र बाहिर बिरोध गर्दै हिँड्न फरक हुन्छ भन्ने सिकाउन भुसाललाई मन्त्री बनाइएको लख काटे ।
मंसिर ४ गते शीतलनिवासमा शपथ खाएर कार्यभार सम्हाल्न सिंहदरबार छिरेपछि कृषिमन्त्री भुसालले आफू सिक्ने क्रममा रहेको र चाँडै नै नयाँ योजना ल्याउने बताएका थिए । तर हालसम्म कुनै छेस्को भाँच्ने योजना उनले ल्याउन सकेका छैनन् ।
मन्त्री भएको पाचौं दिनमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले कृषिमा आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढी सहयोग अपेक्षा गरेको र अमिल्दा कानुनहरु संशोधन गर्ने बताएका थिए, तर पनि उनका ती योजना कहाँ पुगे ? यस विषयमा उनी मौन नै छन् ।
यतिबेला उनले मुख खोलेका छैनन् । खोले पनि म सिक्दैछु भन्नलाई सकभर छुटाउँदैनन् ।
पार्टी र सरकारको चर्को आलोचना गर्दा टपक्क टिपिएर मन्त्री बनेका घनश्याम भुसालले मौनधारण गरेपछि उनी आफैं मन्त्रालयमा हराएको भन्ने चर्चा पनि सुनिन थालेको छ
उनी मन्त्री बनेको ७५ दिन भयो । तर छेस्को भाँच्ने कामसमेत गरेका छैनन् उनले । १४ माघमा भुसालको निम्तो पाएर मन्त्रालय पुगेका कृषि बिटका करिब दुई दर्जन पत्रकारले लेख्नलाई गतिलै विषय पाइने अपेक्षा गरेका थिए । तर, मन्त्रीले सुरुमै आफू बोल्न होइन, कृषि क्षेत्र सुधारका लागि नीतिगत व्यवहारिक सुझाव माग्न कृषि बीटका पत्रकारलाई बोलाए ।
पत्रकारको एक(एक सुझाव दुई घण्टासम्म आफैं डायरीमा टिपेका मन्त्री भुसालले न कुनै योजना सुनाए, न त दुई महिनाको प्रगतिबारे बताए ।
हृयाचरी व्यवसायीहरुले ब्रोइलर कुखुराको मासु र अण्डाको भाउ बढाउन जिउँदो चल्ला नष्ट गर्ने अभियान चलाउँदा मन्त्री भुसाल केही बोलेनन् ।
प्याजको भाउले सगरमाथाको उचाइ नाघ्दा पनि उनी मौन रहे ।
लामो समयदेखिको भुक्तानी नपाएका उखु किसानहरुले राजधानीमै आएर माइतीघरबाट आफ्नो पीडा बताउँदा पनि उनको मौनधारण कायमै रहेको थियो ।
गरिमा धानको नक्कली बिउबाट पिडीत कृषकहरुको पिडाबारे पनि उनले केही बोलेनन् ।
भुसाल मन्त्री भएपछि धान र उखुको सर्मथन मूल्य तोकियो । उखुको बक्यौता माग्दै राजधानी आएका किसान र उद्योगीबीच बार्ता पनि भयो ।
तर, यी सबै विषयमा मन्त्री भुसाल केही बोलेनन् । मन्त्री भुषालज्यू कहिले बोल्ने ? कहिलेसम्म सिकिरहने, अब पनि म सिक्दैछु भनेर सुख पाइन्छ ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ माघ २०७६, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल