काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत दाबी पेस गरेका छन् । ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि यादवले दाबी पेस गरेका हुन् ।
नेपाली काँग्रेसका २२, नेकपा एमालेका २८ र जनमतका १३ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
यादवको दाबी पेस गर्न यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादवसहितका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।
यसअघि लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जमतसहित ६ दलले ५७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरिसकेका छन् ।
जनमतले सरकार बनाउन कित्ता फेरिसकेका छन् । सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमत संसदीय दलका नेता महेशप्रसाद यादवसमेत पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?