काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत दाबी पेस गरेका छन् । ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि यादवले दाबी पेस गरेका हुन् ।
नेपाली काँग्रेसका २२, नेकपा एमालेका २८ र जनमतका १३ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
यादवको दाबी पेस गर्न यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादवसहितका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।
यसअघि लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जमतसहित ६ दलले ५७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरिसकेका छन् ।
जनमतले सरकार बनाउन कित्ता फेरिसकेका छन् । सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमत संसदीय दलका नेता महेशप्रसाद यादवसमेत पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्क्रिय तथा पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई फर्कन काँग्रेसको आग्रह
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह
कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेसको देउवा समूहले बोलायो केन्द्रीय समितिको बैठक
केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस