चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई ‘उत्कृष्ट प्रहरी कार्य पुरस्कार’ प्रदान गरिएको छ। नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात गर्दै शान्ति–सुरक्षा, अपराध अनुसन्धान, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा उल्लेखनीय योगदान दिएको कदरस्वरूप बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी अरुण पौडेलले एसपी पुरीलाई प्रशंसापत्रसहित सम्मान गरे। सम्मानपत्रमा लेखिएअनुसार, एसपी पुरीले सुरक्षित समाज निर्माणको पवित्र लक्ष्यप्रति समर्पित भई कुशल व्यवस्थापन र प्रभावकारी प्रहरी परिचालनमार्फत जिल्लाको समग्र शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा उत्कृष्ट कार्य प्रदर्शन गरेका छन्
एसपी पुरीले सम्पादन गरेका कामको उच्च मूल्याङ्कन गर्दै उनलाई प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी प्रमुख (डिआईजी) अरुण पौडेलले ‘उत्कृष्ट प्रहरी कार्य पुरस्कार’सहित सम्मानित गरेका थिए । मातहत कार्यालय प्रमुखको कमाण्डसीप, ईमान्दारीता, लगनशिलता, समन्वय लगायतका विषयमा पुराीको कार्य उत्कृष्ट रहेको डिआईजी पौडेलले बताए।
पुरीले जिल्लाको शान्ति सरक्षा तथा नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुईन खोला क्षेत्रमा गएको पहिरोमा विपद् व्यवस्थापन उत्कृष्ट कार्यकौल प्रस्तुत गर्नका साथै चितवन प्रहरीको मुहार फेर्न काम सबै माझ चर्चीत बनेको थियो । उनले चितवनका सिडियो गणेश अर्यालसहित आफै निरन्तर फिल्डमा खटिएर पहिरो पन्छाउनुका साथै ठाँउका ठाँउ अलपत्र यात्रुलाई व्यवसायी चन्दन अग्रवालले प्रदान गरेको राहत वितरण गरेका थिए ।
जसका कारण विगतमा जस्तो ठूलो अप्रिय घटना हुनबाट चितवन जोगिएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कार्यालयहरुको प्रशासनीक गतिविधी एवं सेवा प्रवाह प्रक्रियालाई प्रणालीबद्ध बनाउँदै प्रहरी परिचालन र दैनिक कार्य सम्पादनको अवस्थालाई प्रभावकारी, व्यवस्थीत एवं परिणामुखी बनाउने काममा उनी अग्रस्थानमा देखिएका थिए ।
देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल मानिन्छ । पछिल्लो समयमा ३ ३ विहानमा एसपी परिर्वतन हुने र जिल्लामा जरा गाडेर बसेका तल्लो तहका प्रहरी परिर्वतन नहुदाँ यहाँ सुरक्षा चुनौती आत्मसाथ गर्दै अगाडी बढेका थिए । भने नयाँ एसपी हाजिर भएसगैँ यहाँ विभिन्न अपराधीक घटना बढेको प्रहरी विवरणले नै देखाएर दैनिक चोरी, गुण्डागर्दी, विचौलिया हावी र लागुऔषध तस्करी नियन्त्रणमा ठूलो सफलता हासिल गरेका थिए ।
यस वर्षको बाढीपहिरो व्यवस्थापनमा एसपी पुरी दिनरात नभनी राहत, उद्धार र जोखिम न्यूनीकरणमा खटिएका थिए। स्थानीय निकाय, सेना, सशस्त्र प्रहरी र सरोकारवालासँगको उनको समन्वयले सयौँ मानिसको उद्धार र क्षति न्यून गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।
त्यस्तै, डिआईजी पौडेलले इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक इन्स्पेक्टर प्रतिक सिंहलाई पनि उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै पुरस्कृत गरेका थिए। कार्यक्रममा बागमती प्रदेशका वरिष्ठ प्रहरी अधिकारी, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, १२ : ४१
लेखकबाट थप