चितवन । प्रहरी दिवसको ७० औं अवसरमा ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी (निरीक्षक) ईन्सपेक्टर प्रतिक सिंह सम्मानित भएका छन्।
नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात गर्दै शान्ति–सुरक्षा, अपराध अनुसन्धान, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा उल्लेखनीय योगदान दिएको कदरस्वरूप बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी अरुण पौडेलले सिंहलाई प्रशंसा पत्रका साथ सम्मान गरेका हुन्।
सम्मानपत्रमा लेखिएअनुसार, प्रतिक सिंहले सुरक्षित समाज निर्माणको पवित्र लक्ष्यप्रति समर्पित भई कुशल व्यवस्थापन र शान्ति, सुरक्षामा उत्कृष्ट प्रदर्शन गर्दै आएको थिएँ।
यस वर्षको बाढीपहिरो व्यवस्थापनमा समेत सिंहले दिनरात नभनी उद्धार र जोखिम न्यूनीकरणमा खटिएका थिए। उनको व्यवस्थापनका कारण र सहयोगका कारण सयौँ मानिसको उद्धार र क्षति न्यून गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा-मुग्लिन आयोजना : पोखरा-जामुने खण्डमा २८ किमि कालोपत्र