दुई मन्त्रीसहित तीन सुरक्षा निकायका प्रमुख एकैसाथ किन पुगे भारतीय दूतावास ?

सफल खबर संवाददाता

शुक्रबार, ३१ असोज २०८२, ०९ : ०६
दुई मन्त्रीसहित तीन सुरक्षा निकायका प्रमुख एकैसाथ किन पुगे भारतीय दूतावास ?

काठमाडौं । आगामी फागुन २१ मा चुनाव गराउने म्यान्डेट पाएको सरकारका दुई मन्त्री, मुख्यसचिव र सुरक्षा निकायका तीन प्रमुखहरु बुधबार साँझ नेपालस्थित भारतीय दूतावास लैनचौर सुटुक्क छिरेका छन् ।

उनीहरुलाई भारतीय राजदूतले आफै विशेष निम्तो गरेपछि त्यहाँ पुगेको एक सुरक्षा स्रोतले बताएको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा गहिरो निगरानीमा रहेको भारतीय दूतावासले विकसित घटनाक्रमका बारेमा बुझने उदेश्यले डिनरसहितको पार्टी आयोजना गरेको थियो । त्यही पार्टीमा सहभागी हुन दुई मन्त्री, सुरक्षा निकायका तीन प्रमुख र मुख्यसचिव दूतावास पुगेको सुरक्षा स्रोतले बताएको छ ।

दूतावासले अन्य केही मन्त्रीलाई पनि निम्तो गरेपनि अन्य मन्त्रीहरु भने कार्यब्यस्तता देखाउँदै त्यहा पुगेका थिएनन । दूतावास पुग्नेमा गृहमन्त्री ओमप्रकाश अर्याल र कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियार रहेका थिए । त्यस्तै उक्त कार्यक्रममा सहभागी हुन मुख्य सचिव एकनारायण अर्याल,  प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की पनि दूतावास पुगेका थिए ।

भारतीय पक्षले नेपालमा सरकारले २१ फागुनमा चुनावको मिति तोकेको, चुनावका सवालमा राजनीतिक दलहरुले सार्वजनिक गरेका धारणा र निर्णय तथा संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकारका सवालमा अदालतमा पर्न थालेको रिट लगायतका विषयमा भारतीय पक्षको चासो थियो ।

‘दूतावासमा अन्य विशेष कार्यक्रम भन्दा पनि कहिलेकाँही रिफ्रेसमेन्ट पार्टीको नाममा उहाँहरु (मन्त्री, सुरक्षा प्रमुख, मुख्यसचिव) लाई बोलाइएको थियो, त्यसैका लागि उहाँहरु दूतावास पुग्नुभएको हो,’ सुरक्षा स्रोतले भन्यो ।

त्यहाँको कार्यक्रम झण्डै दुई घण्टा चलेको थियो । बुधबार साँझको उक्त कार्यक्रममा नेपाली सेनाका प्रमुख प्रधानसेनापति अशोकराज सिग्देललाई पनि निम्ताइएपनि उनी भने सहभागी थिएनन ।

त्यहाँ खासगरी भारतीय पक्षले नेपालमा सरकारले २१ फागुनमा चुनावको मिति तोकेको, चुनावका सवालमा राजनीतिक दलहरुले सार्वजनिक गरेका धारणा र निर्णय तथा संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकारका सवालमा अदालतमा पर्न थालेको रिट लगायतका विषयमा भारतीय पक्षको चासो थियो ।

उनीहरुले विशेषगरी संसद पूर्नस्थापना होला ? भन्ने गरी बढी मात्रामा जिज्ञासा राखेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस