‘दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैछौँ’ : एमाले नेता सिंह

सफल खबर संवाददाता

शुक्रबार, ३१ असोज २०८२, १३ : ३४
‘दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैछौँ’ : एमाले नेता सिंह

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले अध्यक्ष केपी ओलीलाई आफैँले दुई पटक संसद् विघटन गरेको भएकाले पुनर्स्थापनामा लाग्दा हास्यास्पद हुने बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा बोल्दै चुनावमा जानुको विकल्प नभएको बताए ।

उनले भने, ‘दुई दुई पटक हामी आफैले संसद् विघटन गरेकोले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हाँसोको पात्र मात्रै हुन्छौँ । चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन ।’

उनले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस