काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले वाम पार्टीहरूसँग एकताको अपिल गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत भूसालले एमाले र माओवादीको स्कुलिङमा हुर्केका शक्तिहरूसँग एकताको अपिल गरेका हुन्।
‘हाम्रो विचार एउटै हो, नेताहरूको स्वास्थ्यकर खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ’ उनको अपिल छ, ‘हामी एक ठाउँ उभिन्छौँ भनेर संकल्प गर्नासाथ एउटा ऐतिहासिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा संकल्पको खाँचो छ, हामीलाई विभाजित गर्न ती सबै बन्धन चुँडाल्न तयार होऔँ ।’
जेन जेड आन्दोलनसम्म आई पुग्दाको संकटलाई उनले लोकतान्त्रिक गणतन्त्रले खोजेको जिम्मेवारी र नैतिक मूल्य नेतृत्वमा नदेखिनु कारण भएको उल्लेख गरेका छन्।
‘हाम्रा पार्टीहरूलाई बिर्ता बनाएर नेताहरूको रजाइँ चल्न दिएको नालायकीको मूल्य आज हामीले तिर्दैछौं। राम्रो पार्टी बन्यो भने आफ्नो सुविधा र पद खोसिने डर भएका मानिसहरू पार्टी नेतृत्वमा भर्ती गर्दै जाँदा पार्टी नेतृत्व बहुमत नै यथास्थितिको पक्षमा उभिने अवस्था बन्यो’ भूसालले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल