नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०८२, १९ : ३८
नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा

काठमाडौं । नेपालले लगातार दोस्रोपटक टी २० विश्वकपमा सहभागिता जनाउने पक्का भएको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु टीमले विश्वकपको टिकट काटेका हुन् । थप एक टीमको टुंगो लाग्न बाँकी छ ।

अहिले भर्खर सकिएको खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा तय भएको हो । प्रतियोगितामा अपराजित रहेका दुवै टीम दुई खेल बाँकी छँदै विश्वकपमा पुगेका छन् ।

नेपाल र ओमानले अहिलेसम्म सुपर सिक्समा ६ अंक बटुलेका छन् । रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ भने नेपाल दोस्रोमा । अहिले हुने खेलमा नेपालले ओमानलाई हराएको खण्डमा शीर्षस्थानमा उक्लिन सक्नेछ । नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस