काठमाडौं । नेपालले लगातार दोस्रोपटक टी २० विश्वकपमा सहभागिता जनाउने पक्का भएको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु टीमले विश्वकपको टिकट काटेका हुन् । थप एक टीमको टुंगो लाग्न बाँकी छ ।
अहिले भर्खर सकिएको खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा तय भएको हो । प्रतियोगितामा अपराजित रहेका दुवै टीम दुई खेल बाँकी छँदै विश्वकपमा पुगेका छन् ।
नेपाल र ओमानले अहिलेसम्म सुपर सिक्समा ६ अंक बटुलेका छन् । रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ भने नेपाल दोस्रोमा । अहिले हुने खेलमा नेपालले ओमानलाई हराएको खण्डमा शीर्षस्थानमा उक्लिन सक्नेछ । नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज ३ समूहका यी ३ खेल हुँदै