काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक भएको बताएका छन् ।
शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले यस्तो बताए ।
उनले नेपालमा कम्यूनिष्ट पार्टीहरू दलाल पूजीवादको कब्जामा रहेको उल्लेख गर्दै अब जनतामा देखिएको निराशा र छटपटी चिर्न सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्युनिष्ट पार्टी चाहिएको बताए।
‘जनतामा विकल्प छैन, सत्ता, सरकार, प्रधानमन्त्री, नेताहरूको गुटले जनतालाई धेरै अपमानित गरेको छ, झुटबाट मान्छे तरंगित छ’ भुसालले भने-‘म त भन्छु समाज बौलाएको छ, यसबाट निकास दिन अब ध्रुवीकरण जरुरी छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ भदौ २०८२, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल