काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदी आज फेरि भिडियो कन्फरेन्स मार्फत जोडिदैछन् । अहिले बिहान ११ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी भारतीय लगानीमा विराटनगरको जोगबनी नाकामा निर्मित एकीकृत जाँचचौकी (आइसिपी) र भूकम्पमा भत्किएका घरहरु पुनर्निमाण परियोजनाको संयुक्त रुपमा उदघाटनका लागि भिडियो कन्फरेन्समार्फत जोडिन लागेका हुन् ।
दुवै प्रधानमन्त्रीले अहिले विहान ११ वजे आइसिपी उदघाटन गर्ने कार्यतालिका तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री मोदीसँगको भिडियो कन्फरेन्सका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय मार्फत मोदीसँग जोडिनेछन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र समकक्षी मोदीले नयाँ दिल्लीको हैदराबाद हाउसबाट एकैसाथ स्वीच थिचेर आइसिपी उद्घाटन गर्ने कार्यक्रम छ ।
यसअघि भारतीय सहयोगमा वीरगञ्जको रक्सौलमा पनि एकीकृत जाँचचौकी निर्माण भएको थियो । जोगबनीमा आइसिपी निर्माण गर्दा १ अर्ब १५ करोड खर्च भएको भारतीय पक्षले जनाएको छ । आइसिपीमा भन्सार, अध्यागमन, भण्डारण, पार्किङ, बैँकिङ सुविधा लगायतका सेवा उपलब्ध छन् । करिब १ सय ७० बिघा क्षेत्रफलमा निर्मित आइसिपी सञ्चालनमा आएपछि नेपालको व्यापार र पारबाहन सहज हुने बताईएको छ ।
२०७२ सालमा आएको भूकम्प पछिको पूर्ननिर्माणका लागि भारतले गोरखा र नुवाकोटका घर पूर्ननिर्माणमा सहयोग गरेको थियो । यो पूर्ननिर्माण अभियानमा पनि मोदी भिडियो कन्फरेन्समार्फत नै प्रधानमन्त्रीसँग कुराकानीमा जोडिन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ माघ २०७६, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली