काठमाडौं । व्यवसायी दीपक भट्टले धितोपत्र खरिद–बिक्री गर्दा ब्रोकरलाई कुनै पनि नगद भुक्तानी नगरी अर्बौंका शेयर कारोबार गर्ने गरेको खुलासा भएको छ ।
धितोपत्र बोर्डको प्रतिवेदन अनुसार भट्टले भृकुटी स्टक ब्रोकिङमार्फत शेयर खरिद गर्दा न त ब्रोकरलाई रकम बुझाए, न त शेयर बिक्री गर्दा ब्रोकरबाट रकम नै लिए ।
यसरी पैसाको लेनदेन नै नगरी 'उधारो' मा शेयरको खेलोफड्को गरेर उनले बजारमा कृत्रिम रूपमा मूल्य बढाउने गरेको पाइएको छ ।
ब्रोकरसँगको सेटिङमा भएको यो 'क्यासलेस' कारोबार धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ विपरीतको गम्भीर कसूर भएको प्रतिवेदनमा उल्लेख छ ।
बिना लगानी अर्बौंको शेयर खेलाएर बजार प्रभावित पारेको भन्दै उनीमाथि कारबाहीको सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ बैशाख २०८३, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
दीपक भट्ट आबद्ध कम्पनीका संस्थापक सेयरधनीको विवरण माग
दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
राजनीतिमा मुखौटा बदल्ने विचौलिया दीपक भट्ट : कहाँ कहाँ कसरी बनाए राजनीतिक कनेक्सन ?