ओमान । उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले ओमानका सुल्तानकावुस विनतारिक विनताइमुर विनअल सइदको निधनप्रति नेपालका तर्फबाट ओमानको सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय नवीरकणीय उर्जासंघ (आइरिना) को १० औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबी पुग्नु भएका मन्त्री त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गर्नुभएको हो । मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम विनतारिक विनताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गर्नुभएको थियो ।
मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाउनु भएको लिखित समवेदनापत्र सुल्तान हाइतमलाई हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा मन्त्री पुनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल र ओमानबीच विगत ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
त्यस क्रममा सुल्तानहाइतमले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीपुनका साथै सम्पूर्ण नेपाली जनताका तर्फबाट समवेदना व्यक्त भएका प्रतिधन्यवाद ज्ञापन गर्नुभयो । त्यसका साथै सुल्तानहाइतम विनतारिक विनताइमुर अल सइदले नेपाल र ओमानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
समवेदान प्रकट गर्ने सिलसिलामा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल तथा मन्त्रीपुनका सचिवालय प्रमुख समेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं समेत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०७६, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौद्रिक नीति संयमित खालको ल्याउनुपर्छ : वर्षमान पुन
सिनेट बैठक किन रोकेको ? भन्दै प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न
वर्षमान पुन र ओनसरी घर्तीले लिए मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी
सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः वर्षमान पुन
भिजिट भिसा प्रकरण अनुसन्धान गर्न एक महिनाभित्र छानबिन समिति बन्छ : वर्षमान पुन
बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : वर्षमान पुन