काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन ‘अनन्त’ले फागुन २१ मा धाँधलीरहित चुनाव भए प्रतिनिधि सभा निर्वाचनबाट नेकपा देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
बिहीबार रेल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले यस्तो दाबी गरेका हुन् ।
‘प्रतिनिधि सभा उम्मेदवार पुनले देशभरका १६५ निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी अग्रणी प्रतिस्पर्धामा छ,’ पुनले भने, ‘शान्तिपूर्ण, धाँधलीरहीत र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न भए हामी पहिलो दल बन्छौँ ।’
राष्ट्रिय स्वाधीनता, समृद्धि, सुशासन र सामाजिक न्यायको स्पष्ट एजेन्डासाथ नेकपा चुनावमा होमिएको उनले बताए । ‘यी एजेन्डालाई थप तीव्र गतिमा अघि बढाउन जनमत आवश्यक छ । देशभरबाट जनताको साथ प्राप्त हुनेमा हामी विश्वस्त छौँ,’ पुनले अगाडि भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै नेता पुनले ‘नयाँ’ भनिएकासँग ठोस नीति र दृष्टिकोणको अभाव रहेको आरोप लगाए ।
राजनीतिमा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङ गर्ने प्रवृत्ति बढ्दो रहेको पनि उनले बताए । यस्तै प्राप्त उपलब्धि संस्थागत गर्न अन्य शक्तिसँग सहकार्य गर्न नेकपा तयार रहेको पनि उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ फागुन २०८२, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन